• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

जातीय छुवाछूत र भेदभाव अन्त्यका लागि नेपालका नागरिक संगठनहरुको साझा प्रतिबद्धता

Byspainnepal

Mar 25, 2021

काठमाडौं ।

विभिन्न ३० वटा गैरसरकारी संघ/संस्थाले जातीय छुवाछूत र भेदभाव अन्त्यका लागि नेपालका नागरिक संगठनहरुको १२ बूँदे साझा प्रतिबद्धता पत्र (२०७७ मा प्रतिबद्धता जनाएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा ति संघ संस्थाहरूले साझा प्रतिबद्धता जनाएका हुन् ।

प्रतिबद्धता पत्रमा भनिएको छ ‘हामी हाम्रो संस्थामा समावेशी सिद्धान्तको अक्षरस पालन गर्दै जातीय विभेद तथा छुवाछूतजन्य व्यवहार हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछौँ र हामी हाम्रो संस्थाको कार्य क्षेत्रको हरेक गतिविधि तथा क्रियाकलाप समावेशी सिद्धान्त अपनाउँदै जातीय विभेद र छुवाछूत मुक्त बनाउन कार्य योजनासहित गतिविधिहरु सञ्चालन गर्ने प्रतिबद्ध छौँ ।’

ती संघ/संस्थाले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका विद्यमान ऐन/कानून र नीति कार्यान्वयन गर्न र गराउन प्रतिबद्ध हुने जनाउँदै जातीय भेदभाव तथा छुवाछूतजन्य व्यवहार मानवअधिकार गम्भीर उल्लंघन भएकाले त्यस्ता प्रवृत्ति रोक्न स्वंयम आफैँ र समाजमा हुन नदिन पहल गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *