• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ लाख दिनेको नाम कुर्सीमा लेखिने

Byspainnepal

Mar 1, 2021

चितवनको भरतपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नयाँ अवधारणा सार्वजनिक गरिएको छ ।

रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला निर्माणमा सहयोग पुग्ने उद्देश्यले ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अवधारणा ल्याएको छ । आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी फाउण्डेशनले नयाँ प्रकारको अवधारणा सार्वजनिक गरेको हो । यस अवधारणा अन्तरगत प्रत्येक व्यक्ति, संस्था र समूहले आ–आफ्नो नाम वा परिवारको साथै अन्य नाममा कुर्सी सुरक्षित गर्न सक्ने छन् । एउटा कुर्सी सुरक्षित गर्न १ लाख रुपैयाँ तिनुपर्ने हुन्छ । फाउण्डेशनले एक महिना भित्रमै मोबाइल एप्स, फेसबुक र अन्य संचार माध्यमहरु मार्फत कुर्सी सुरक्षित गर्ने प्रक्रिया सार्वजनिक गरिने बताए ।

यस अभियानबाट रंगशाला निर्माणको लागि ३ अर्ब संकलन हुने फाउण्डेशनले अपेक्षा गरको छ । जनस्तरबाट निर्माण भइरहेको पहिलो यस रंगशालामा अहिले आर्थिक समस्या देखिएको छ ।

रंगशाला निर्माणका लागि निजी क्षेत्र र सरकारी क्षेत्रबाट हालसम्म ३२ करोड ३० लाख २४ हजार ३ सय ४५ रुपैयाँ मात्र संकलन भएको फाउण्डेशनले जनाएको छ । तर रंगशाला निर्माणमा भने ४३ करोड ४६ लाख ६ हजार ३ सय खर्च भई सकेको फाउन्डेसनले जनाएको छ । ११ करोड १७ लाख ८२ हजार अझै ऋणमा छ ।

रंगशाला निर्माणको लागि कुल लगात ३ अर्व ५५ करोड अनुमान गरिएको छ । रंगशालामा ३० हजार समर्थक अट्ने क्षमता हुनछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *