• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

कोस्टाब्लाङकामा एनआरएनए क्षेत्रीय समिती बन्ने

Byspainnepal

Jan 25, 2021


बेनिडर्म, २५ जनवरी / स्पेनको कोस्टाब्लाङका क्षेत्रमा एनआरएनको क्षेत्रीय समिती गठन हुने भएको छ । यस क्षेत्रमा नेपालीहरुको बसोबास हुन थालेको २ दशक भन्दा धेरै हुँदा पनि गठन हुन नसकेको एनआरएनएको क्षेत्रीय समिती एनआरएन स्पेनको अहिलेको कार्यसमितीको पहलमा गठन हुन लागेको हो । एनआरएन स्पेनले यस क्षेत्रमा क्षेत्रीय समिती गठन गर्न केन्द्रबाट क्षेत्रगत उपाध्यक्ष तुल्सी बहादुर गुरुङलाई जिम्मा दिएको छ । एनआरएनए स्पेनले यस क्षेत्रमा लामो समयदेखि बसेको आधारमा आइसिसी संस्थापक सदस्य विरेन्द्र श्रेष्ठलाई क्षेत्रीय समिती गठन गर्न जिम्मा दिएको छ । क्षेत्रीय समिती गठनको लागि उपाध्यक्ष गुरुङसँगको सहकार्यमा आफुले संयोजनको भुमिका निभाउने श्रेष्ठले बताउनुभयो । “मैले लामो समयदेखि आफु बसेको यस क्षेत्रमा एनआरएनको क्षेत्रीय समिती बनाएर एनआरएन अभियानलाई अगाडी बढाउने प्रयास जारी राखेको थिएं” श्रेष्ठले भन्नुभयो “अहिले राष्ट्रिय परिषदबाट नै मलाई औपचारिक जिम्मा आएकोले अब म त्यो भुमिका निभाउछु ।” श्रेष्ठले यस क्षेत्रमा रहेका सवै नेपाली र नेपाली समुदायका संघसस्थालाई समेटर एउटा क्षेत्रीय समिती गठन गर्ने बताउनुभयो । उहाँले यस क्षेत्रका सवै ब्यक्तिहरुसंग छलफल गरेर एनआरएनएको विधान अनुसार छिट्टै क्षेत्रीय समिती गठन गरिने बताउनुभयो । उहाँले कोष्टाब्लाङका र यसको वरिपरि बिशेषगरी भ्यालेन्सिया, आलिकान्ते लगायतका क्षेत्रलाई पनि समेटेर क्षेत्रीय समिती बनाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *