• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने अर्थमन्त्रीको भनाई

Byspainnepal

Jan 16, 2021

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कोरोना विरुद्दको खोप छिटो उपलब्ध गराउने तयारी गरिरहेको बताएका छन । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले खोप आयातको लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको जानकारी दिएका हुन् ।

अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रुपमा सम्पूर्ण नेपालीलाई खोप निःशुल्क रुपमा उपलब्ध गराइने मन्त्री पौडेलले जानकारी दिए । मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेको प्रवन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्र्तराष्ट्रिय दातृ निकायहरुले स्वेच्छिक रुपमा सहयोग गर्नसक्ने व्यवस्था गरेको उल्लेख गरे ।

उनले देशभित्रका कुनै नागरिक तथा संघसस्थासँग सहयोग लिने अथवा सहयोगको अपिल गर्ने नगरिएको स्पष्ट पनि स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *