• Thu. Apr 18th, 2024

SPAIN NEPAL COM

कोरोनाबाट विदेशमा थप ९ नेपालीको निधन

Byspainnepal

Jan 24, 2021

लण्डन । कोरोना भाइरसको संक्रमणबाट एकसाताभित्र विदेशमा थप ९ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार योसाता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो ।

यससँगै कोरोना भाइरसबाट २० देशमा ३ सय २७ जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जानकारी दिएको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ५३ हजार ४ सय ३२ जना कोरोनामुक्त्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार योसाता बेलायत, प्रोतुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान शुरु भइसकेपनि नेपाल लगायतका नेपाली भएका कयौँ मुलुकमा खोप अभियान शुरु नभएकोले सावधानी अपनाउन आग्रह गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *