• Thu. Apr 18th, 2024

SPAIN NEPAL COM

कोरोनाको मारले स्पेनका ८५ हजार होटल, रेष्टुरेन्ट सदाका लागि बन्द

Byspainnepal

Feb 4, 2021

स्पेन, ४ फेब्रुअरी / स्पेनको हस्पिटालिटी क्षेत्रमा गएको बर्ष २०२० मा ७० हजार मिलियनको घाटा बेहोरेको छ । कोरोना माहामारीको कारण भएको लामो लकडाउनले थिलोथिलो भएको स्पेनको हस्पिटालिटी क्षेत्रका ८५ हजार प्रतिस्ठान सदाका लागि बन्द भएका छन् । हस्पिटालिटीको ब्यापार ५० प्रतिसतले घट्दा ७० हजार मिलियन युरोको नोक्सान भएको हो । यसको प्रत्यक्ष मारमा कामदार परेका छन् । अहिले स्पेनले कोरोनाका कारण जागिर गुमाएका ३ लाख ६० हजार कामदार सरकारको न्युनतम अस्थाई सहयोग लिइरहेका छन् । ति मध्ये ३ लाखले सदाका लागि काम गुमाएको अनुमान छ । २०२० मा इंग्ल्याण्डबाट आउने पर्यटकको संख्या ८२ प्रतिसतले कमि आएको छ । यसको प्रत्यक्ष असर यहाँको हस्पिटालिटी क्षेत्रमा परेको हो ।

युरोपा प्रेसबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *