• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

कोपा अमेरिकाको क्वार्टरफाइनलमा कुन टिम कोसँग खेल्दै ?

Byspainnepal

Jun 29, 2021

कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । मंगलबार बिहान समूह चरणका अन्तिम २ खेल भएसँगै अन्तिम आठको समिकरण पूरा भएको हो ।
समूह ‘ए’ बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली अन्तिम आठमा पुगेका छन् । यस्तै समूह ‘बी’ बाट आयोजक ब्राजिलसहित, पेरु, कोलम्बिया र इक्वेइडर अन्तिम आठमा पुग्न सफल भए ।
क्वाटरफाइनल चरणका खेल २ जुलाईदेखि सुरु हुनेछन् । क्वाटरफाइनलको पहिलो खेलमा पेरु र पाराग्वे र दोस्रो खेलमा ब्राजिल र चिली खेल्नेछन् । यसैगरि तेस्रो खेलमा उरुग्वे र कोलम्बिया तथा चौथो खेलमा अर्जेन्टिना र इक्वेइडर प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *