• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

के यो समरमा स्पेन आउनेका लागि ‘निशुल्क पिसिआर’ लागु होला ?

Byspainnepal

Apr 23, 2021


आगामी समरमा स्पेनमा आउने युरोपियन युनियन भित्रका पर्यटकहरुका लागि निशुल्क रुपमा पिसिआर परिक्षणको ब्यवस्था गर्नुपर्ने माग उठेको छ । स्पेनका दुुईवटा राज्यले यसको माग नै गरेका छन भने युरोपेली संसदमा पनि यसबारेमा कुरा उठेको छ । कोभिड भ्याक्सिन लगाईसकेकाहरुका लागि ईयुले कोभिड पार्सपोटको ब्यवस्था यही जुनदेखि गर्ने बताइसकेको छ । तर भ्याक्सिन नलिएकाहरुका लागि स्पेनमा प्रवेश गर्नका लागि निशुल्क पिसिआरको ब्यवस्था गर्न स्पेनको भ्यालेन्सिया र बालेरिक आइसल्याण्डले माग गरिसकेका छन् । युरोपेलि संसदको कोभिड पार्सपोर्टबारेको छलफलमा स्पेनको तर्फबाट भाग लिइरहेका प्रतिनिधी ख्वान फेरनान्डोले कोभिड पासपोर्ट नलिएकाहरुका लागि निशुल्क पिसिआर परिक्षणको ब्यवस्था गर्नेबारे समेत छलफल अघि बढिरहेको बताएका छन् । यसअघि नै स्पेनका दुईवटा राज्यले पिसिआर परिक्षणको महंगो शुल्कका कारण आगामी समरमा आउने पर्यटकको संख्या घट्ने भन्दै यसलाई निशुल्क गर्न माग गरेका थिए । उनीहरुले निशुल्क पिसिआर परिक्षणको ब्यवस्था गर्न सकेमा मानिसहरुको सुरक्षित आवतजावत बढ्ने बताएका छन् । अहिले स्पेनमा प्राइभेट क्लिनिकमा पिसिआर परिक्षण गरेका एक सय युरो रहेको छ । यो शुल्क गत क्रिसमसमा १ सय ६० सम्म पुुगेको थियो । इयुले अहिले कोभिड पार्सपोर्टकोबारेमा छलफल गरिरहेको छ । यसैक्रममा यस विषयमा पनि केही निर्णय हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *