• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

केपी ओली निकट नेकपाको स्पेन कमिटी बिस्तार

Byspainnepal

Feb 8, 2021

स्पेन, ८ फेब्रुअरी/ प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाको स्पेन कमिटी बिस्तार भएको छ । प्रवासी नेपाली एकता मञ्चको सोमवार भएको भर्चुअल भेलाले जिम्मेवारी हेरफेर तथा बिस्तार गरेको हो । कमिटीको अध्यक्षमा पुनः हेम शेर्पा नै हुनुहुन्छ भने सचिवमा हेमन्त रानाभाट चयन हुनु भएको छ ।
बिस्तारित ६७ सादस्यीय कमिटीका सदस्यहरुमा ओमर बहादुर गुरुङ, गंगादेवी शर्मा, शिवकुमार लामिछाने, बलबहादुर कार्की, कृष्णराम रानाभाट, इन्द्र पोखरेल, केदार नाथ ढुङगाना, हेमप्रसाद पाण्डे, लक्ष्मण शर्मा, भुपेन्द्र श्रेष्ठ, दिपक क्षेत्री, श्री तिमिल्सेना, सुन्दर रानाभाट, राजेन्द्र तिमिल्सिनना, सन्तोष पौडेल, तारानाथ अधिकारी, भुवन कटुवाल, श्याम दाहाल, शिवराज सिग्देल, निर्मला तिवारी, हरिप्रसाद बिक, शिवप्रसाद गौतम, शर्मिला पराजुली चालिसे, सम्राटजंग कार्की, नविन घिमिरे, मोहन गौतम, हिमाल शर्मा, रोशन लम्साल, मानबहादुर रोका, विरेन्द्र श्रेष्ठ, सुरेन्द्र रानामगर, सुरेश बज्राचार्य, झरना कार्की, छविलाल श्रेष्ठ, निराजन लुइटेल, गौरब तामाङ, बिराट मैनाली, निरञ्जन कार्की, बिकास कटुवाल, सुरज दाहाल, रामकृष्ण चौधरी, नारायण सुवेदी, गोमा गौतम, सुस्मा श्रेष्ठ, सुर्य घर्तिमगर, जगन्नाथ पाण्डे, भिष्मप्रताप अधिकारी, ध्रुब ढकाल, कल्पना थापा, पुनम शिरिष, कल्पना पौडेल, मनिष लामिछाने, सञ्जु लामा, नितेश ठकुरी, जिना अधिकारी, रुपा केसी, दिपकप्रसाद वली, शुरेश बास्तोला, बसन्त देवकोटा, शंकर बराल, दिपेन्द्र गजुरेल, उज्जल गजुरेल, माया गुरुङ, बिष्णु रानाभाट रहनु भएको छ ।
बिस्तारित कमिटीका पदाधिकारी र सदस्यहरुलाई प्रधानमन्त्रीका विदेश सल्लाहकार, नेकपाका केन्द्रीय सदस्य तथा प्रवास संयोजक डा.राजन भट्टराईले सपथ गराउनुभयो । त्यसक्रममा उहाँले प्रधानमन्त्रीले देशको पक्षमा काम गर्न नदिएकोले बाध्य भएर संसद बिघठन गर्नु परेको भन्दै त्यसको पक्षमा लाग्न सवैजनालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेशका मुख्य मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले केपी ओलीले नेपालीको मुर्छित सपनालाई ब्युझाएको भन्दै यसलाई पुरा गर्न देशविदेशमा रहेका सवै नेपालीले साथ दिनुपर्ने बताउनुभयो । उहाँले केपी ओली पनि भगवान नभै मानिस नै भएको भन्दै तर उहाँले लिएको अडान देशको पक्षमा रहेकोले आफुहरु उहाँकै पक्षमा लागेको बताउनभुयो । कार्यक्रममा प्रवासी नेपाली मञ्च स्पेनका संस्थापक तथा पूर्व युरोप प्रमुख पुष्पराज तिमिल्सिनाले युरोपका करिव सवै देशहरुमा आफुहरुले कमिटीहरु पुर्न गठन गरेर अगाडि बढेको बताउनभुयो । प्रवासी नेपाली मञ्च, बेल्जियमका पूर्व अध्यक्ष तथा एन.आर.एन. ए. निवर्तमान युरोप संयोजक शिवकुमार बरुवालले प्रवासमा रहेका नेपालीहरुले केपी ओलीबाट अझै धेरै आशा राखेको भन्दै आफुहरु त्यसको पक्षमा उभिएको बताउनुभयो । कार्यक्रममा मञ्चका पुर्व अध्यक्ष तथा एनआरएनए युरोप उपसंयोजक मुक्त गुरुङले विस्तारित कमिटीलाई शुभकामना दिदै अहिलेको अबस्थामा जनतामा केपी ओलीको जस्तो लोकप्रियता अरु नेतामा नभएको बताउनुभयो । उहाँले आगामी चुनावका लागि तयारी गर्न नेपालमा रहेका आफ्ना आफन्तलाई जागरुक बनाउन प्रवासी नेपालीलाई आग्रह गर्नुभयो।
कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च फ्रान्सका अध्यक्ष भक्त बाग्ले, पोर्चुगलका अध्यक्ष गोविन्द पौडेल, नेदरल्याण्डका सचिव हेमकुमार भुजेल, एनआरएनएका आइसिसि रामशरण सिम्खडा, सुनिल रानाभाट लगायतले नयाँ कमिटीका सदस्यहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो।
मंचका अध्यक्ष हेम शेर्पाको अध्यक्षतामा बसेको उक्त बिस्तारित बैठकको संचालन तत्कालीन प्रवासी नेपाली मंचका उपाध्यक्ष तथा प्रवासी नेपाली एकता मंच, स्पेनका मनोनित सचिव हेमन्त रानाभाटले गर्नु भएको थियो भने स्वागत भाषण मंचका आर्थिक विभाग प्रमुख कृष्णराम रानाभाटले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *