• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजद्वारा फोटो प्रतियोगिता आयोजना

Byspainnepal

Apr 20, 2021

अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजले नेपाली नयाँ बर्ष २०७८ को अवसरमा फोटो प्रतियोगिता आयोजना गरेको छ । सन् २०१७ मा स्थापना भएको समाजले काभ्रे जिल्लाको पर्यटकीय स्थानहरुको प्रचारप्रसार र प्रर्बद्धन गर्ने उद्देश्यले फोटो प्रतियोगिता आयोजना गरेको हो । राजधानीसँगै जोडिएको र धेरै सम्भावना भएपनि पछाडी परेको काभ्रेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न फोटो प्रतियोगिताले सहयोग गर्ने समाजले जनाएको छ । काभ्रे जिल्लामा चर्चित मठमन्दीर र मनमोहन पर्यटकीय स्थानहरु भएपनि तिनको प्रचारप्रसार हुन नसकेकोले सम्भावना भए जति पर्यटक आकर्षित हुन सकेको छैनन् । त्यहाँका सम्पुर्ण पर्यटकीय क्षेत्रलाई फोटो मार्फत विश्वभरी चिनाउने र प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष दीपक खरेलले बताउनुभयो ।

फोटो प्रतियोगिताको लागी नियमहरु यस प्रकार रहेका छन :
१) फोटो JPEG Format मा हुनु पर्ने छ ।
२) काभ्रे पलाञ्चोक जिल्लाको कुनैपनि पर्यटकियस्थलहरुको फोटोलाई समावेस गर्न सकिने छ ।
३) फोटो खिचिएको स्थान, मिति र समय को साथै कुन माध्ययमबाट लिइएको हो त्यसको विवरण तथा त्यस स्थानको छोटो परिचय पनि समावेस गर्नु पर्ने छ ।
४) फोटो यस सँस्थाको इमेलको ( ikpws757@gmail.com ) माध्ययमबाट बैसाख ३१ गते भित्र पठाउनु पर्ने छ ।
५) जेष्ठ ८ गते बिजेता घोषणा गरिने छ ।
६) प्रथम पुरस्कार रु २० हजार, द्धितिय पुरस्कार रु १५ हजार, तृतिय पुरस्कार रु १० हजार तथा मोष्ट पपुलर फोटोलाई रु ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
७) एक प्रतियोगीको एक मात्र फोटो सहभागी गराइने छ र प्रतियोगितामा समावेस भएका फोटोहरुको स्वमित्व आयोजक कै हुने छ । उत्कृष्ठ ठहरिएका फोटोहरुलाई स्थानिय फोटो प्रदर्शनीमा समेत प्रदर्शन गरिने छ ।
८) उत्कृष्ट फोटो छनौट प्रकृया आयोजकले निर्धारण गरेबमोजिम हुने छ ।
९) फोटो Original हुनु पर्ने छ, कुनै पनि माध्ययमले Edit / Alter गरेको पाईएमा प्रतियोगीताबाट हटाईने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *