• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

ओएनएफ र एनपीपीएफद्वारा एनआरएनए स्पेनको कार्यक्रम बहिस्कार

Byspainnepal

Oct 25, 2021

प्रवासी नेपाली मन्च स्पेन र नेपाली जनप्रगतिशील मन्च स्पेनले गैर आवासीय नेपाली संघ स्पेनले सोमबार आयोजना गरेको दशै तिहार शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम बहिस्कार गरेका छन । गत १४ अक्टोबरका दिन गैरआवासीय नेपाली संघ, क्षेत्रीय समिति कोष्टा ब्लाङ्काद्वारा आयोजित दशै तिहार कार्यक्रम समापनपछि भएको घटनालाई लिएर क्षेत्रीय समितिले ३ जनालाई सामाजिक बहिस्कार गरेको भनी निकालेको विज्ञप्तिप्रति असहमति राख्दै २ वटा संस्थाले संयुक्त बक्तब्य जारी गरी गैर आवासीय नेपाली संघ, स्पेनका र सोको मातहतका सम्पूर्ण कार्यक्रमहरुलाई पूर्ण रुपमा अस्विकार गर्ने जनाएका छन। प्रवासी नेपाली मन्च स्पेनका अध्यक्ष हेम शेर्पा र नेपाली जनप्रगतिशील मन्च स्पेनका अध्यक्ष अर्जुन आचार्यद्वारा जारी बक्तब्यमा ‘प्रवासमा नेपाली समुदायको प्रतिनिधित्वमूलक सामाजिक संस्था गैरआवासीय नेपाली संघद्वारा नेपाली समाजसेवीहरुलाई नै झुटा, अपुष्ट र पूर्वाग्रही किसिमले सामजिक बहिस्कार गर्ने निर्णयप्रति घोर निन्दा र भर्त्सना गर्दछौं ।’ उल्लेख गरिएको छ । साथै बक्तब्यमा एनआरएन स्पेन अबैधानिक भनिएको राष्ट्रिय समन्वय परिषद्हरुको भेलामा सहभागी भएकोमा समेत बिरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *