• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

एनआरएन स्पेन निर्वाचन- यूवाका प्रिय दीपेन्द्र गजुरेल यूवा संयोजकको उमेद्ववार

Byspainnepal

Jul 16, 2021

गैरआवासीय नेपाली संघ, स्पेनको यहि जुलाई २६ तारिकमा आगामी कार्यकालको लागि हुने निर्वाचनमा युरोपका चर्चित पत्रकार दिपेन्द्र गजुरेलले समाजलाई गोलबद्ध गराउदै खबरदारी सहित परिवर्तनको आशा बोकेका युवा हुन् ।नुवाकोट पुर्खौली थलो भएका दीपेन्द्र गजुरेल बुटवल खैरहनी हुदै पर्सा वीरगञ्ज महानगरपालिका – १३ मा नागरिता प्राप्त गरेका गजुरेल काठमाडौं गोठाटारका स्थायी बासि हुन । ६ बर्ष देखि स्पेन बस्दै आईरहेका गजुरेल त्यो भन्दा पहिले उनी नेपालमा एभिन्युज टिभी,हिमालय टिभी,न्युज२४ टिभी,माउण्टेन टिभी र आर्थिक अभियान राष्ट्रिय दैनिक,नेपाल समाचारपत्र दैनिकमा लगायत एफएम रेडियो स्थानिय पत्रिकाहरुमा पत्रकारिता गर्थे । अहिले स्पेनको राजधानी म्याड्रिडमा बस्दै आएका गजुरेल फुर्सदिलो समयमा नेपाल समाचारपत्रमा कलम चलाउदै आईरहेका छन्।
६ बर्षे अवधिमा उनी स्पेनमा रहेका नेपालीहरुको समस्या र अधिकारका लागि खबरदारी गर्दै निरन्तर लड्न केन्द्रीत भए । नेपाली नेपाली बीचको एकता र अधिकारमा उनले त्यहाँ बसेर पनि सक्रिय रुपमा कलम पनि चलाए, त्यो क्रम जारी छ । यद्धपि अब उनको कलमले लेख्ने बिषय फरक बनाउन सामाजिक संस्थामा चरम राजनीतिक करण नगरौ दलगत पार्टि तथा जातिय विभिन्न संगठनहरु, भन्दा माथि उठेर सामाजिक संस्थाहरुलाई एनआरएनएमा गोलबद्ध गरी समाजलाई एकताको संन्देश दिनका लागि पनि आफ्नो उमेदवारी दिएको गजुरेल बताउछन् ।

उनले नेपालमा रहँदा पनि विभिन्न समाजिक संघ संस्थामा रहि निस्वार्थ भावनाले सहयोग गर्दै सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ ।समाजलाई खबरदारी गर्न लामो समय पत्रकारिता पेशा समेत गर्दै आईरहेका थिए ।
स्पेनको बार्सिलोना बसाइँ पछि हाल म्याड्रिड बस्दै आएका दिपेन्द्र गजुरेल स्पेनका विभिन्न सामाजिक संघसंस्थामा रहेर सामाजिक काममा अग्रणी भुमिका निर्वाह गर्दै समाजलाई एकताबद्ध बनाउन अघि बढेका छन् । उनी हाल पत्रकार महासंघ यूरोपका उपाध्यक्ष समेत रहेका छन् । उनले एनआरएनएलाई आर्थिक रुपमा बलियो, दिगो र पारदर्शी बनाउन आफुले भुमिका खेल्ने बताएका छन् । एनआरएनको समुदाय केन्द्रित कार्यक्रम नभएकोले यसले युवा पुस्ता तथा बालबालिकालाई आकर्षित गर्न नसकेको भन्दै उनले आफुले सिङ्गो टिमसँग मिलेर स्पेनमा हुर्कदै गरेको नेपाली नयाँ पुस्ताका लागि काम गर्ने बताए ।
आगामी जुलाई २६ तारिकमा अनलाइनको माध्यमबाट हुने एनआरएनए स्पेनको निर्वाचनमा युवा संयोजक पदमा आफुहरुलाई मतदान गरी आफुहरुले अघि सारेका योजनाहरु पुरा गर्ने बाटो खोलिदिन पनि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *