• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

एनआरएन स्पेनको प्रवक्तामा लक्ष्मण खत्री चयन(पहिलो बैठकका निर्णय सहित)

Byspainnepal

Aug 10, 2021

गैर आवासीय नेपाली संघ, स्पेनको प्रवक्तामा लक्ष्मण खत्री चयन हुनुभएको छ । सोमवार बसेको नयाँ कार्यसमितीको पहिलो बैठकले खत्रीलाई प्रवक्तामा चयन गरेको हो । खत्री यसअघि नेपाली जनसम्पर्क समिती स्पेनका समेत प्रवक्ता हुनुहुन्थ्यो । प्रवक्ता चयन भैसकेपछि खत्रीले स्पेननेपाल डटकमसँग कुरागर्दै आफुले सुचनाको माध्यमबाट संघ र स्पेनबासी नेपालीलाई जोड्ने काममा भुमिका निर्वाह गर्ने बताउनुभयो । यस्तै संघको बैठकले कार्यसमितीले मनोनयन गर्न पाउने सदस्यहरु मध्येबाट २ जनालाई मनोनित गरेको छ । महासचिव विदुर गौतमका अनुसार बैठकले दिपक परियार, जित बहादुर कुमाललाई सदस्यमा मनोनयन गरेको छ ।
साथै बैठकले संघको भवन खरिद योजनालाइ यसै कार्यकालमा पूर्णता दिने निर्णय गर्दै त्यसका लागि संघका अध्यक्ष शालिकराम डुम्रे संयोजक रहने गरी एक समिति गठन गर्ने निर्णय गरेको छ । त्यसको लागि संयोजकले नै स्पेनस्थित विभिन्न संघसस्थाहरु, क्षेत्रीय समितिहरु, एनआरएनए स्पेनका पूर्व पदाधिकारीहरु, आइसीसीहरु, डीआरसीहरु संग छलफल गरी थप निचोड प्रस्तुत गर्ने निर्णय भएको महासचिव गौतमले जानकारी दिनुभयो । साथै यस कार्यकालका दुई बर्षे योजनाका अन्य विषयमा आगामी बैठकहरुबाट प्रक्रिया अघि बढाउने निर्णय भएको छ । जसमा नेपाली समुदायलाई लक्षित गर्दै शीपमूलक तालिम संचालन गर्ने, स्पेनका नियमकानुनहरुका बारेमा आबश्यक परामर्श गर्न त्रैमासिक रुपमा वकिलको व्यवस्था गर्ने, नेपाली पाठशालालाई थप बृहत्तर गर्न पाठशाला र अयुन्तामिएन्तोसंग सहकार्य गर्दै जाने, क्षेत्रीय समितिसंग सहकार्य र समन्वय गर्न समिति गठन गर्ने, एनआरएनए कार्यसमिति भन्दा बाहिर भएका र समाजमा योगदान गरी रहेका व्यक्तिहरु समेट्दै विभिन्न टास्क फोर्सहरु गठन गर्ने, स्पेनमा नेपालीहरुको बास्तविक तथ्यांक पत्ता लगाउन तथ्यांक संकलन सुरु गर्ने लगायतका एजेन्डा अघि सारिएको गौतमले जानकारी दिनुभयो ।
यस्तै संघको पहिलो बैठकले लामो समय देखि बिरामी भई टाउकोको गम्भीर शल्यक्रिया पश्चात बार्सिलोना स्थित एक अस्पतालमा उपचारार्थ राम कार्कीको सहयोग गर्न समन्वय गर्ने निर्णय गरेको छ । उहाँको परिवार समेत नेपालमा रहेको र यहाँ रेखदेख गर्न परिवारका अरु सदस्य नभएकोले लामो समय देखि उहाँको रेखदेख र आबश्यक सम्पूर्ण प्रक्रियामा संलग्न रही काम गर्दै आउनुभएका संघका पूर्व अध्यक्ष भिषम कुमार गुरुङ (अनिल)लाई बिशेष धन्यवाद दिदै उक्त प्रक्रियामा निरन्तरता दिनको लागि संयोजकको रुपमा जिम्मेवारी दिदै आबश्यक भएको खण्डमा संघले थप सहयोग गर्ने निर्णय भएको छ ।

यस्तै बैठकले गत २६ जुलाई २०२१ मा सम्पन्न गैर आवासीय नेपाली संघ स्पेनको सातौ राष्ट्रिय महाधिबेशनबाट यस कार्यसमितिलाई निर्बाचित गर्ने स्पेनस्थित सम्पूर्ण मतदाता, पंजीकृत सदस्यहरु , निबर्तमान कार्यसमिति, निर्बाचन समिति, लगायत स्पेनको बार्सिलोना लगायत विभिन्न क्षेत्र हरु पाइस भास्को, म्याड्रिड, कोस्टाब्लान्का र ग्रानकनारियाका क्षेत्रीय समितिहरु , आइसीसी सदस्यहरु, डीआरसी , पत्रकार लगायत सवैलाई धन्यवाद ज्ञापन गरेको छ ।

साथै वैठकले अघिल्लो कार्यसमितीले बुझबुझारथमा बुझाएको ३० हजार ९ सय ५८ युरो १० सेन्ट नगद मध्येबाट केन्द्रमा पठाउने, कल्याणकारी कोष, महिला फोरम र भवन खरिदका लागि राख्नुपर्ने अनिर्वाय रकम घटाएर बच्ने ११ हजार १ सय ९९ युरो २ सेन्ट संघको कोषमा रहेको स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *