• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

एनआरएन स्पेनको पुरानो कार्यसमितीले करिव ३१ हजार नगद सहित हिसाव बुझायो

Byspainnepal

Aug 8, 2021

गैर आवासीय नेपाली संघ, स्पेनको पुरानो कार्यसमितीले ३० हजार ९ सय ५८ युरो १० सेन्ट नगद सहितको हिसावकिताव नयाँ कार्यसमितीलाई बुझाएको छ । एनआरएनए स्पेनको कार्यलय बार्सिलोनामा भएको आइतवार भएको बुझबुझारथ कार्यक्रममा पुरानो कार्यसमितीको तर्फबाट नगद सहित जिन्सी सामाग्रीको विवरण बुझाइएको हो ।

पुरानो कार्यसिमतीको तर्फबाट अध्यक्ष दिनेश गुरुङ, महासचिव राज ढकाल, कोषाध्यक्ष गोबिन्द तिमिल्सेना लगायतको उपस्थिती रहेको थियो भने नयाँ कार्यसमितीको तर्फबाट अध्यक्ष शालिकराम डुम्रे, महासचिव विदुर गौतम लगायत कार्यसमितीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो । एनआरएनए युरोप उपसंयोजक मुक्त गुरुङ, आइसीसी सदस्य चिन्तामणी सापकोटाको रोहवरमा उक्त बुझबुझारथ कार्यक्रम भएको हो । निवर्तमान कोषाध्यक्ष तिमिल्सेनाले एनआरएनए स्पेनको आधिकारिक बैंक एकाउन्ट बन्द भएको अबस्थामा आफुहरुको कार्यसिमतीले बैकल्पिक एकाउन्टबाट कारोबार गरिरहेकोले नयाँ कार्यसिमतीलाई उक्त एकाउन्टमा भएको रकम नगद नै हस्तान्तरण गरेको जानकारी दिनुभयो । उहाँले आफु र आफ्नो कार्यसमिती माथि केही गलत आरोपहरु लगाइएको भन्दै स्पष्ट हिसाव बुझाइसकेको र यसबारेमा केही जिज्ञासा भए जवाफ दिन आफु जुनसुकै बेला तयार रहेको बताउनुभयो । बुझबुझारथ पछि स्पेननेपालसँग कुरा गर्दै नयाँ महासचिव बिदुर गौतमले पुरानो कार्यसमितीले नगद सहितको हिसावकिताव बुझाएको बताउँदै बुझाइएका हिसाव र विलहरुको बारेमा अध्ययन गर्न बाँकी रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *