• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

एनआरएन पदाधिकारीहरुद्वारा बैठक बहिस्कार

Byspainnepal

Jan 16, 2021


स्पेन, १६/ जनवरी गैरआवासीय नेपाली संघ एनआरएनएको शनिबार बसेको पदाधिकारी बैठकमा अधिकांश पदाधिकारीहरुले बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।

केन्द्रिय महाधिवेशनमा प्रश्तुत गरिने एजेन्डाबारे सहमति गरेर आइतबार बस्न लागेको आइसीसी बैठकमा पठाउने उद्देश्यले शनिबार पदाधिकारी बैठक बोलाइएको थियो। बैठकमा एनआरएनएका युरोप संयोजक नारायण आचार्यले २३ र २४ जनवरीमा बोलाइएको विशेष महाधिवेशनका लागि कुनै पनि प्रक्रिया विधानसम्मत रुपमा पुरा नगरिएको बताएका थिए ।

उनले विधानभन्दा बाहिर गएर विधान व्याख्या समिति तथा विधान मस्यौदा समिति गठन गरिएको भन्दै तिनको खारेजीको माग गरेका थिए । त्यसैगरी संघका मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली पनि आफुहरुले बुंदागतरुपमा राखेका कुराहरु कार्यान्वयन हुंदैनन् भने यो बैठकको औचित्य छैन भन्दै बाहिरिएका थिए। संघका मध्यपूर्व संयोजक प्रवीण गुरुङ, अफ्रीका संयोजक रोशन थापा तथा अमेरिकाज् संयोजक राजन त्रिपाठीले पनि बैठक बहिष्कार गरेका थिए। उपाध्यक्ष रबिना थापा बैठकमा अनुपस्थित रहिन् भने धेरै पदाधिकारीहरुले बैठक बहिस्कार गरेको बैठकमा सहभागी एक पदाधिकारीले बताएका छन् ।

विधान बमोजिम कुनै प्रक्रिया पुरा नगरेरै जबर्जस्ति विशेष केन्द्रिय महाधिवेशन बोलाइएकाले त्यो स्थगित गरियोस् भन्ने माग गर्दै चारजना आइसीसी सदस्य तथा अफ्रीका संयोजकले परराष्ट्र मन्त्रालयमा लिखित निवेदन बुझाएका छन्, तर मन्त्रालयले अहिलेसम्म कुनै सुनुवाई गरेको छैन। गत अक्टोबर २०१९ मा संस्थाको आर्थिक तथा संगठनिक प्रतिवेदन पारित नगरिकनै काठमाडौँमा नवौं विश्व सम्मेलन सम्पन्न भएको थियो। विश्व सम्मेलन सकिएको १५ महिना पछि कोरोना महामारीका बीच नयाँ डेलिगेट्स हरु मनोनयन गरेर, विधान संशोधनको एजेन्डा समेत थपेर, विशेष महाधिवेशन आयोजना गर्न लागिएको भन्दै त्यसको चर्को विरोध भै रहेको छ। तर अध्यक्ष कुमार पन्त तथा महासचिव डा। हेम राज शर्माले संघको निर्वाचन प्रणालीमा विभिन्न विकृतिहरु देखिएकाले विधान संशोधनको प्रक्रिया अगाडी बढाइएको बताउंदै आएका छन् ।


केन्द्रीय महाधिवेशनमा प्रश्तुत गरिने एजेन्डाबारे सहमति गरेर आगामी बुधबार बस्न लागेको अन्तराष्ट्रिय परिषदको बैठकमा पठाउने उद्देश्यले शनिबार पदाधिकारी बैठक बोलाइएको हो ।

बिधान समितिका उपसंयोजक गंगाधार गौतमका अनुसार बैठकमा सहभागी पदाधिकारीहरुद्धारा प्रस्तुत सुझावका आधारमा विधान समितिले आफ्नो प्रतिवेदन संघको केन्द्रीय नेतृत्व समक्ष पेश गर्ने छ ।

विधान समितिका संयोजक भूषण घिमिरेको संयोजत्वमा सम्पन्न बैठकमा अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु डा। बद्री केसी, सोनाम लामा, रविना थापा, महासचिव डा हेम राज शर्मा लगायत संघका दुई दर्जन पदाधिकारीको उपस्थिती रहेको संस्थापन पक्षले जनाएका छन् ।

संघले महाधिवेशनमा भाग लिने नयाँ डेलिगेट्स सहित प्रतिनिधिहरुको नाम सार्वजनिक गरेको छ । हाल सम्म ५५ देशमा २६ सय भन्दा बढी प्रतिनिधीहरुले आआफ्नो नाम दर्ता गरेका छन् । संघको महाधिवेशन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उद्धघाटन गर्ने तय गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *