• Tue. Apr 16th, 2024

SPAIN NEPAL COM

एनआरएन नेपाल डेभलपमेन्ट फन्डको संस्थापक शेयरमा लगानी गर्न ४ दिन बाँकी

Byspainnepal

May 4, 2021


एनआरएन नेपाल डेभलपमेन्ट फण्डको संस्थापक शेयरमा लगानी गर्न अब ४ दिन बाँकी रहेको छ । एनआरएनएले नेपाल सरकारसँग मिलेर स्थापना गरिएको १० अर्ब अधिकृत पुंजी रहेको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ लिमिटेडमा हालसम्म १७८ जना संस्थापकहरुले २ अर्ब ५८ करोड र नेपाल सरकारबाट रु ५० करोडको प्रतिबद्धता आइसकेको फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले जानकारी दिनुभयो ।

१० अर्ब अधिकृत पुंजी रहेको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड ‘लिमिटेडमा हालसम्म १७८ जना संस्थापकहरुले २ अर्ब ५८ करोड रुपैया र नेपाल सरकारबाट रु ५० करोडको प्रतिबद्धता भईसकेको जानकारी पनि गराउनुभएको छ ।

गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो अध्यक्ष रहेको कम्पनीमा विदेशमा रहनुभएका गैरआवासीय नेपालीहरुले मात्र लगानी गर्न सक्नेछन् ।

संस्थापक शेयर धनी हुनका लागि न्युनतम प्रतिबद्धता रकम २५ लाख र अधिकतम प्रतिबद्धता रकम १० करोड रुपैयाँ कायम गरिएको उहाँले बताउनुभयो ।

न्युनतम प्रतिबद्धता रकम २५ लाख र अधिकतम प्रतिबद्धता रकम १० करोड रुपैयाँ कायम संस्थापक शेयर धनी हुनका लागि प्रतिबद्धता पत्र पठाउने अन्तिम म्याद यहि ८ मे २०२१ सम्म रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

यस कम्पनीमा विदेशमा रहेका गैर आवसीय नेपालीहरुले मात्र लगानी गर्न सक्ने गरी छिट्टै पब्लिक शेयर आइपिओ जारी गरिनेछ जसमा ससाना रकम पनि लगानी गर्न सकिने छ।
एनआरएन नेपाल डेभलपमेन्ट फण्डको संस्थापक शेयरमा लगानी गर्नका लागि यो प्रतिबद्धता फारम भरेर bhattaraiar@gmail.com मा मेल गर्न उहाँले आग्रह गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *