• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

एनआरएन डेभलपमेन्ट फन्डमा हस्ताक्षर

Byspainnepal

Feb 18, 2021

काठमाण्डौ। गैर आवासीय नेपाली संघले आज एक कार्यक्रम गरी एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट हस्ताक्षर गरेको छ। स्वदेशको विकास र समृद्धिमा योगदान गर्ने अभियानअन्तर्गतको एक महत्त्वपूर्ण योजनामा लामो समयको प्रयासपछि मूर्तरूप प्राप्त गर्ने चरणमा पुगेको जानकारी गराउन पाउँदा निकै खुसी लागेको अध्यक्ष कुमार पन्त ले बताएका छन्। गैरआवासीय नेपाली संघले १० अर्बको कोषमा सरकारले पाँच प्रतिशतले हुने ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको छ।साथै अन्य संस्थापकहरूले १० प्रतिशतले हुनेगरी १ अर्ब रूपैयाँ लगानी गर्नुपर्नेमा १ अर्ब ७० करोड जुटिसकेको छ । ८५ प्रतिशतमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् । नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको प्रतीक्षाको घडी अब समाप्त भएको राय अध्यक्ष कुमार पन्तको छ । दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने जानकारी समेत उनले गराएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *