• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

एनआरएनए स्पेनद्वारा बर्दियाका बाढी पिडितलाई राहत वितरण

Byspainnepal

Nov 20, 2021


 गैर आवासीय नेपाली संघ, स्पेनले बर्दिया जिल्लाको गेरुवा गाँउपालिका वडानम्बर ३ र ४ का बाढी पिडित किसानलाई राहत सामाग्री वितरण गरेको छ । एनआरएनएका मानार्थ आईसीसी सदस्य तथा एनआरएनए स्पेनका पूर्व अध्यक्ष एकराज गिरी नेतृत्वमा एनआरएनए स्पेनद्वारा संकलित राहत वितरण गरिएको एनआरएनए स्पेनका अध्यक्ष शालिक राम डुम्रेले जानकारी दिनुभयो । स्थानीय मुक्त कमैया, सुकुम्वासी साथै लोपोन्मुख जाती राजी र सोनाह जातीका बाढी पिडितलाई प्राथमिकता दिएर राहत सामाग्री वितरण गरिएको अध्यक्ष डुम्रेले जानकारी दिनुभयो । एनआरएनए स्पेनले संकलन गरेको ४ लाख ६७ हजार १ सय २५ रुपैयाँ बराबरको राहत सामाग्री १ सय ७५ परिवारलाई वितरण गरिएको मानार्थ आईसीसी गिरीले जानकारी दिनुभयो । उक्त राहत सामाग्रीमा २० किलो चामल, ३ किलो दाल, २ पोका नुन, २ लिटर तेल र एउटा ब्लान्केट समेत रहेको छ । स्थानीय गाँउ पालिकाले पिडित परिचयपत्र दिएका १ सय ६८ र अन्य गरी कुल १ सय ७५ परिवारलाई राहत वितरण गरिएको हो ।

उक्त राहत वितरण समारोहमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, एनआरएनए अभियान्ता गोविन्द सुवेदी, नेपाल प्रेस युनियनका पूर्व  अध्यक्ष समिरजंग शाह, स्थानीय गाँउ पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायतका जनप्रतिनिधी, सुरक्षा निकाय, समाजसेवी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

साथै एनआरएनए स्पेनले नेपालमा परेको दु:खको समयमा राहत संकलनमा सहयोग गर्ने सबै स्पेनबासी नेपाली समुदायलाई धन्यवाद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *