• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

एनआरएनए स्पेनको सवै आर्थिक विवरण सार्वजनिक, गलत समाचारको खण्डन

Byspainnepal

Mar 13, 2021


गैरआवासीय नेपाली संघ स्पेनले बर्तमान कार्यसमितीले अहिलेसम्म गरेको सवै आर्थिक गतिविधि सार्वजनिक गर्दै सामाजिक संञ्जालमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै खण्डन गरेको छ । एनआरएनए स्पेनले कार्यालयको भाडा नतिरेको र आर्थिक गतिविधीको विबरण सार्वजनिक नगरेको भन्दै आएका समाचारहरु नियोजित र आसन्न संघको चुनाव केन्द्रित राजनीतिक प्रतिशोध पुर्ण रहेको भन्दै संघको शनिवार बसेको बैठकले खण्डन गरेको अध्यक्ष दिनेश गुरुङले बताउनुभयो ।

उहाँका अनुसार यस कार्यकालमा तीन वटा ठुला घटनामा संघले विभिन्न पक्ष र ब्यक्तिसंग आर्थिक संकलन गरेको छ । कोभिड राहत, स्वर्गीय धनबहादुर केसी र स्वर्गीय भबिश्यता न्यौपानेको परिवारलाई सहयोग गर्न संघले धेरै रकम संकलन गर्दा संघको बैंक खातामा समस्या आएको र बैंकले केही कागजात मागेर केही समयका लागि खातामा पैसा जम्मा गर्न नमिल्ने बनाएकोले समस्या देखिएको तर आफुहरु उक्त समस्या समाधानका लागि अघि बढिसकेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले बैंक खातामा समस्या आएकोले कार्यालयको भाडा उक्त खाताबाट जान नसकेकोले पछिल्लो भाडा बैकल्पिक माध्यमबाट चुक्ता गरिसकिएको र यसमा कुनै समस्या नरहेको उहाँले स्पष्ट पार्नुभयो । कार्यालय बन्द हुने स्थितीमा पुगेको भन्दै भएको गलत प्रचारलाई उहाँले भ्रामक भन्दै त्यस्तो गलत समाचार प्रकाशन गर्ने ब्यक्ति तथा सञ्चार माध्यम बिरुद्द कानुनी उपचारमा जाने बताउनुभयो । यस बर्षको जनवरीसम्मको भाडा पुरानै खाताबाट गएको र खातामा समस्या आएकोले पछिल्लो २ महिनाको भाडा बैकल्पिक माध्यमबाट तिरिएको संघले जनाएको छ । उक्त भाडा तिरेको प्रमाणको विवरण स्पेन नेपालडटकमसँग उपलब्ध रहेको छ । खातामा आएको समस्या समाधानपछि पुरानै खाताबाट उक्त रकम जाने भन्दै प्रचार गरिएजस्तो संघको कार्यालयको विजुली, पानी, इन्टरनेट लगायत कुनै पनि शिर्षकमा बक्यौता नरहेको अध्यक्षले स्पष्ट पार्नुभयो ।

संघको विगत लामो समयदेखि सञ्चालनमा रहेको आधिकारिक बैक खाता यस अघिको कार्यसमितीका अध्यक्ष चिन्तामणी सापकोटा र कोषाध्यक्ष बिशाल ढुङगानाको नाममा रहेको र यो बीचमा अहिलेको कार्यसमितीको नाममा ल्याउन कोसिष गर्दा पनि प्रतिकुल समयको कारणले गर्दा समयमै सम्भव नभएको अध्यक्षले बताउनुभयो ।
समयको संयोजन र कोभिडको कारणले गर्दा समस्या देखीएको र त्यसको लागि बैंकले मागेका थप कागजात सहित उक्त समस्या समाधान गर्न उपाध्यक्ष उत्तरकुमार राई , पुर्व अध्यक्ष तथा आइसीसी चिन्तामणी सापकोटा र पुर्व कोषाध्यक्ष बिशाल ढुङगाना लागिरहनुभएको अध्यक्ष गुरुङले बताउनुभयो । आफुहरुले कोभिडको यस्तो बिषम परिस्थितीमा पनि स्पेनवासी नेपालीहरुको माझमा धेरै राम्रा कामहरु गरेको भन्दै उहाँले यसबीचमा भएका आर्थिक संकलन र खर्चहरु सवै पारदर्शी रहेको र उक्त विवरण गत साधारण सभामा समेत पेश गरिएको तथा संघको नयाँ बनेको वेव साइटमा समेत राखिएको उहाँले बताउनुभयो । संघका अध्यक्ष गुरुङले आफुहरुले गरेको कार्य र आर्थिक विवरणहरुमा कुनै त्रुटी भेटिए त्यसको पुरै जवाफदेही आफुहरु रहेको भन्दै उहाँले गलत विवरण सार्वजनिक गरेर आफुहरुको मानमर्दन गर्न खोजिएको र यसलाई चुनाव केन्द्रित गलत प्रचार गर्न खोजिएको भन्दै त्यसको कानुनी उपचारमा लाग्ने बताउनुभयो । उक्त समाचार प्रकाशन गर्ने केही ब्यक्ति यसअघि पनि यस्तै बिबादित काममा मुछिएको भन्दै उहाँले त्यसको बिरुद्धमा आफुहरुले सम्बन्धित निकाय नेपाल सरकार, प्रेस काउन्सिल, पत्रकार महांसघमा उजुरी दिइसकेको बताउनुभयो ।

आर्थिक विवरण सार्वजनिक
संघले बर्तमान कार्यसमितीले गरेको प्रगतिविवरण र आर्थिक गतिबिधिको प्रतिवेदन एक महिना अघि भएको साधारणसभामा पेश गरेर सवैका सामु पारित गरेको भएपनि केही ब्यक्तिहरुले गलत विवरण सार्वजनिक गरेको भन्दै संघले त्यसको खण्डन गरेको छ । संघले अहिलेसम्म गरेको सवै गतिविधीको आर्थिक विवरण सार्वजनिक गर्दै यसमा कसैको कुनै जिज्ञाशा भए संघमा आउन अनुरोध गरेको छ । कोषाध्यक्ष गोबिन्द तिमिल्सेनाले आर्थिक प्रतिबेदनमा सवै विवरणहरु उपलब्ध रहेको र त्यसमा स्पेनबासी कोही नेपालीको कुनै जिज्ञाशा भए त्यसको जवाफ दिन आफु र कार्यसमिती तयार रहेको बताउनुभयो । गत कार्यसमितीबाट प्राप्त भएको रकम, त्यसयता
संकलन भएका सहयोग तथा लेबी र भएका खर्चहरुको सवै विवरण संघको वेवसाइटमा पनि सार्वजनिक गरिएको भन्दै कोषाध्यक्ष तिमिल्सेनाले आफुहरुको कार्यसमिती आर्थिक गतिविधिमा पुर्ण पारदर्शी रहेको दावी गर्नुभयो ।

कोषाध्यक्षले उपलब्ध गराउनुभएको आर्थिक विवरण यहाँ प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *