• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

एनआरएनए स्पेनको एनसीसी र एलसीसीबीच समन्वयको अभाव, एकै खालको कार्यक्रम छुट्टाछुट्टै आयोजना

Byspainnepal

Oct 31, 2021

गैर आवासीय नेपाली संघ, स्पेनको राष्ट्रिय समन्वय परिषद् र उसका मातहतका क्षेत्रीय समन्वय समितीबीच समन्वयको अभाव देखिएको छ । राष्ट्रिय समन्वय परिषद् र क्षेत्रीय समन्वय परिषद्ले गर्ने कामहरु र कार्यक्रमको बारेमा समन्वय हुनुपर्नेमा समन्वय नगरी एनसीसी र एलसीसीहरु आफुखुसी अगाडि बढ्न थालेका छन् । एकै महिनाकै बीचमा एनसीसी र एलसीसीको बीचमा समन्वय अभावका २ वटा घटना भएका छन् । हालै एलसीसी कोस्टाब्लान्काले गरेको दशै तिहार शुभकामना कार्यक्रममा भएको घटना पछि घटनामा सम्लग्नहरुलाई सामाजिक बहिस्कार गरेको भन्दै एलसीसीले लेटर प्याडमा बिज्ञप्ती निकालेको बिषयमा एनसीसीसँग समन्वय नभएको देखिएको छ । एलसीसीले विज्ञप्ती निकालिसकेपछि एनसीसीले आकस्मिक बैठक गरी क्षेत्रीय उपाध्यक्षको रोहवरमा छलफल गराई उक्त विज्ञप्ती फिर्ता गराएको छ । उक्त घटनाले एनसीसी र एलसीसीबीच राम्रो समन्वय हुन नसकेको देखाएको छ ।
यस्तै हालै एनसीसी स्पेनले आगामी नोभेम्बरको १४ तारिक बार्सिलोनामा सवै क्षेत्रलाई समेटेर फुटवल प्रतियोगिता गर्ने सूचना जारी गरेको छ । लगत्तै क्षेत्रीय समिती म्याड्रिड पनि तुरुन्तै यस्तै खालको कार्यक्रम गर्ने भन्दै एनआरएनए म्याड्रिड कप फुटवल प्रतियोगिता गर्ने सूचना जारी गरेको छ । एनसीसी स्पेनले १४ नोभेम्वरमा कार्यक्रम गर्ने जनाएको छ भने एलसीसी म्याड्रिडले त्यसको २० दिन पछि डिसेम्वर ५ तारिकमा उक्त कार्यक्रम गर्ने जनाएको छ । एउटै समयमा समुहमा खेलिने फुटवल प्रतियोगिता २ वटा स्थानमा हुँदा दुवै कार्यक्रम सफल बनाउन असहज हुने देखिएको छ । कार्यक्रम किन जुधाएको भन्ने जिज्ञाशामा एनसीसी र एलसीसी दुवैले आफुले पहिले निर्णय गरेको दावी गरेका छन् । कार्यक्रमको सूचना एनसीसीले अघिल्लो दिन र एलसीसीले अर्को दिन जारी गरेका छन् । यस विषयमा जिज्ञासा राख्दा एलसीसी म्याड्रिडका अध्यक्ष मेघनाथ ढकालले आफुहरुले पहिले देखिकै योजना अनुसार कार्यक्रम गर्न थालेको तर एनसीसीले गर्दै छ भन्ने आफुहरुलाई थाहा नभएको बताए । एनसीसी अध्यक्ष शालिकराम डुम्रेले भने एलसीसी म्याड्रिडले सांस्कृतिक कार्यक्रम गर्दैछ भन्ने थाहा भएको तर फुटवल प्रतियोगिताको बारेमा पहिले एनसीसीले निर्णय गरेको बताए । दुवै जनाको कुराले एनसीसी र एलसीसीको बीचमा समन्वयको अभाव भएको प्रस्ट देखिएको छ ।

एनसीसी स्पेनले निकालेको सूचना

आदरणीय स्पेनबासि आमा बुवा दाजु भाइ दिदीबहिनीमा नमस्कार !

गैर आवासिय नेपाली संघ स्पेन तपाईहरु माझ एउटा खेलकुदको कार्यक्रम जुन नेपाली समुदायको युवा पुस्तालाइ लक्षित गर्दै आयोजना गर्न गइरहेको कुरा यसै सूचना मार्फत सहर्ष जानकारी गराउन चाहन्छौं। विश्व कोरोना महामारीले गर्दा लामो समयदेखि खेलकुद सम्बन्धि कुनै पनि कार्यक्रम हुन नसकेको र वर्तमानमा परिस्थिति सहज बन्दै गइरहेको अवस्था छ। यसै अवस्थालाइ मध्यनजर गर्दै हाम्रो समाजका अधिकांस युवा बर्गहरुलाइ खेलकुदको मध्यमबाट भाईचारा र भातृत्व बिकास अनि आपसी मेलमिलापका निम्ति नेपालमा घटेको प्राकृतिक बिपत्ती बाढी पहिरो पीडित सहयोगार्थ एन आर एन ए कप ( खुल्ला फुटबल प्रतिययोगिता) आगामी १४ नोभेम्बर २०२१ का दिन Hospitalet de Llobregat को मेट्रो CAN BUXERES स्थित CAN BUXERES CAMPO (फुटबल ग्राउण्ड) मा गर्न लागेको कुरा जानकारी गराउदछौ।

स्पेनका सम्पूर्ण क्षेत्रमा बसोबास गर्ने खेलकुद प्रेमी नेपाली दाजुभाई, दिदिबहिनिहरुलाई उपस्थिति तथा सहभागिता जनाइ हाम्रा युवा भाइ बहिनिहरुलाई थप हौशला प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रमको विवरण :

मिति: १४ नोभेम्बर २०२१

स्थान: CAN BUXERES CAMPO (Metro line 1,Metro line 5

समय: दिउसो 2 बजे देखि 8 बजे सम्म

टिम दर्ता शुल्क: १०० युरो

प्रथम पुरस्कार : ५५० युरो,मेडल र प्रमाणपत्र

दृतिय पुरस्कार : ३०० युरो,मेडल र प्रमाणपत्र

उत्कृष्ट खेलाडी : मेडल र प्रमाणपत्र

टिम दर्ता तथा कार्यक्रम सम्बन्धि जानकारीको लागि एन आर एन ए स्पेनका कार्यसमितिका पदाधिकारीहरु अथवा संघका युवा संयोजक तथा युवा तथा खेलकुद उपसमिति संयोजक मनुष जंग खड्का संग सम्पर्क गर्न समेत अनुरोध छ।

सम्पर्क न: ६३१४११५०७

गैर आवासिय नेपाली संघ स्पेन

एलसीसी म्याड्रिडले निकालेको सूचना

एनआरएनए म्याड्रिड कप -२०२१ सम्बम्धि जरुरी सूचना ।

आदरणीय म्याड्रिडवासी आमाबुवा ,दिदिबहिनि तथा दाजुभाई सम्पूर्णमा नमस्कार । विगतका वर्षहरुमाझैं यस वर्ष पनि गैर आवासीय नेपाली संघ म्याड्रिडले “एकता र‌ स्वस्थ्यका‌ लागि खेलकुद “भन्ने मूल‌ नाराका साथ‌ यहि डिसेम्बर ५ (०५/१२/२०२१) तारिकका दिन ‘खुल्ला ७-ए साईड महिला पुरुष फुटबल प्रतियोगिता ‘ गर्न गईरहेको जानकारी गराउंदछौं।साथै सानासाना नानीबाबुहरुका‌ लागि म्युजिकल चेएर (Musical Chair ) र सम रेस (Sum Race ) पनि गराउने जानकारी गराउंदछौं ।हामीले मौखिक रुपमा स्पेनमा रहेका सम्पूर्ण प्रान्तमा बसोबास गर्ने नेपाली समुदायहरुलाई खबर गरिसकेका छौं र औपचारिक‌ पत्र पनि छिट्टै पठाउने छौं ।प्रतियोगितालाई रोमांचक बनाउने उद्देश्यका साथ निम्न अतिरिक्त कार्यक्रमहरुलाई पनि समावेश गर्नेछौ :

१) एउटा आगन्तुक‌ स्पेनिस टिम

२) अन्तराष्ट्रिय Martial Art खेलाडि झरना गुरुङ्गद्वारा Martial Art Demonstration

३)क्षेत्रिय कलाकारहरुद्वारा नृत्य‌ प्रदर्शन ,

४) स्पेनमा नेपालको‌ विषयमा‌ प्रचारप्रसार सम्बन्धि सानो भिडियोहरु पनि देखाईनेछ,

५)नेपाली‌ परिकार र नेपाली रेष्टुरान्टेहरुको प्रचारप्रसारका‌ लागि ब्यानर डेमोन्सट्रेसन राखिनेछ ,आदि ।

प्रतियोतिता सम्बन्धि केहि जानकारीहरु :

१) एउटा टिममा बढिमा ९ जना खेलाडिहरु र १ जना अफिसिल हुनुपर्नेछ,

२)टिम इन्ट्रि फि :२००€ हुनेछ

३)म्याड्रिड वाहिरका प्रतिस्पर्धि समुहले कम्तिमा १ हप्ता अघाडि ,टिम दर्ता गराउनुपर्ने छ र ५०% रकम जम्मा गर्नुपर्नेछ,

४)आगन्तुक टिमलाई एक रात र एक दिन ( One Day & One Night ) को बस्ने व्यवस्था हुनेछ साथै (One lunch or Dinner & One Breakfast ) को व्यवस्था हुनेछ,(Eg : शनिबार विहान १ बजेदेखी आईतबार विहान ११:३० सम्म मात्र रुमको व्यवस्था हुनेछ

५) एक टिममा १० जनाभन्दा अन्य व्यक्तिहरुको खानेबस्नेको जिम्मा उक्त टिम आफैले लिनुपर्नेछ ,

६) एयरपोट तथा बस स्टपमा अगुवा गर्न एनआरएनए म्याड्रिडका पदाधिकारिहरु २४ घण्टा खटिनुहुनेछ ,

७)खेल KNOCK OUT सिस्टमले‌ खेलिने छ,

८) विजेता र उपविजेताले क्रमश : ५५०€ र ४०० € साथै ट्रफि,मेडल र‌ प्रमाणपत्र पाउने छन्,

९)वेस्ट प्लेएर/ किप्पर र हाई स्कोररलाई ट्रफि र प्रमाणपत्र दिइनेछ,

१०) रेफ्रिको निर्णय र आयोजकको निर्णयलाई नै अन्तिम निर्णय‌ मानिने छ ।

टिम‌ दर्ता र‌ थप जानकारीका लागि एनआरएनए म्याड्रिडका‌ पदाधिकारिहरुलाई सम्पर्क गर्नसक्नुहुने छ ।

एनआरएनए म्याड्रिडको आधिाकारिक फेसबुकमा थप जानकारीहरु‌ पाउन सक्नुहुनेछ।

1) Nrna Madrid Official Number : 631375375

मिति : ०५/१२/२०२१

स्थान : Laguna ,Madrid

समय : विहान १०:०० देखि साझ २०:०० बजे सम्मधन्यवाद।

गैर आवासीय नेपाली‌ संघ,म्याड्रिड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *