• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

एनआरएनए स्पेनको अधिबेशन जुलाई २५ मा, अनलाइनबाट सदस्यता वितरण शुरु

Byspainnepal

Apr 4, 2021

गैरआवासीय नेपाली संघ स्पेनको अधिबेशन आगामी जुलाईको २५ तारिक हुने भएको छ । संघको बैठकले बर्तमान कार्यसमितीलाई अधिबेशन आयोजक समितीका रुपान्तरण गर्दै अधिबेशनको मिति तोकेको हो । संघले मातहतका क्षेत्रीय समितीहरुलाई त्यसको एक महिना अघि अर्थात जुन मसान्तसम्ममा क्षेत्रीय अधिबेशनहरु सम्पन्न गर्न पत्राचार गरिसकेको छ ।

साथै संघले अधिबेशनका लागि यस पटक केन्द्रको निर्देशन अनुसार अनलाइन एमआइएस [मेम्बर इन्फरमेसन सिस्टम] बाट पञ्जीकृत सदस्यता वितरण शुरु गरेको छ । संघले सदस्यता शुल्क १० युरो निर्धारण गरेको छ ।
यसको लागि ब्राउजरमा members.nrna.org मा देशमा स्पेन छनोट गरी आफ्नो विवरणहरु पेश गर्नुपर्ने छ । यसको लागि आफ्नो मोवाइल नम्बर या इमेल आइडीबाट एकाउन्ट बनाइ आफ्नो विवरणहरु राखेर आवेदन दिनुपर्नेछ । साथै उक्त विवरणमा नेपाली पार्सपोर्ट या स्पेनको रेसिडेन्सी कार्डको कपि तथा आफ्नो फोटोको आबश्यक पर्छ । एउटा फोन नम्बर र इमेल आइडीबाट एक जनाको मात्रै आवेदन भर्न मिल्छ । सदस्यता दस्तुर स्वरुपको १० युरोको लागि क्षेत्रीय समितीकोहरुको हकमा क्षेत्रीय समितीका पदाधिकारी या तोकेको ब्यक्ति र क्षेत्रीय समिती नभएको क्षेत्रबाट केन्द्रिय कार्यालय या एनसीसीको बैंक एकाउन्टमा रकम जम्मा गर्नुपर्ने छ । अनलाईनबाट आएका आवेदनमा क्षेत्रीय समितीका अध्यक्ष र सचिव तथा एनसिसी अध्यक्ष र महासचिवले रुजु गरी सदस्यता प्रमाणित हुने छ ।

केन्द्रको निर्देशन अनुसार यसपटक अनिबार्य रुपमा अनलाइन प्रणालीबाट दिएको सदस्यता आवेदन मात्रै स्विकृत हुने महासचिव उमराज ढकालले जानकारी दिनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *