• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

एनआरएनए युगान्डाबाट जीतपुर सिमरामा ७८ थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सहयोग

Byspainnepal

May 19, 2021

सिमरा , बारा ।
गैरआवासीय नेपाली संघका अफ्रिका स्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त सहकार्यमा र एनआरएनए युगान्डाको आर्थिक सहयोगमा आज बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संचालनमा ल्याइएको कोभिड आइसोलेशन र उपचार केन्द्रमा नगर प्रमुख डा.कृष्ण पौडेललाई ७८ थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरियो । स्थानिय समाजसेवी अनिल तिवारीले अफ्रिकाका एनआरएनएको तर्फबाट उक्त सामाग्री उपमहानगर पालिकाकालाई हस्तान्तरण गर्नु भएको थियो ।

यसै गरि संघले उक्त आइसोलेशन र उपचार केन्द्रलाई आवश्यक पर्ने सोडिएम हाइपोक्लोराईड २५ लिटर, सेनिटाईजर ५० लिटर, सरजीकल ग्लोभस २ सय थान, डिजीटल थर्मोमिटर ५ थान, अक्सिमिटर ५ थान, बेटाडिन ५ लिटर, सरजीकल मास्क ३ हजार थान र सिटमोल एक सय पत्ता स्वास्थ्य समाग्री उपलब्ध गराएको छ । त्यसैगरी संघले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई स्थानिय बिपन्न नागरिक लाई बितरण गर्न २० थान अक्सिमिटर हस्तान्तरण गरेको छ ।
अफ्रिकाकोबाट दुई नम्बर प्रदेशका लागि सहायताको संयोजन गरिरहनु भएका एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाले थप ७२ वटा अक्सिजिन सिलिन्डर आज भोलि मा हस्तान्तरण गरि कुल १५० सिलिन्डर उक्त उपमहानगर पालिकालाई सहयोग गरिने जानकारी गराउनु भयो ।


त्यसैगरी दुई नम्बर प्रदेशका अन्य जिल्लाका लागि सहयोगको तयारी गरिदै गरेको उहाले थप जानकारी गराउनु भयो ।
एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले हालसम्म यस अभियान बाट अक्सिजन सिलिन्डर सहयोग टीकापुर , परासी , रजहर , सिमरा र रत्ननगरका अस्पताललाई भइ सकेको र अब अछाम , कैलाली , कर्णाली प्रदेशको जुम्ला , इलाम , ताप्लेजुङ , गुल्मी , पाल्पा र स्याङ्जाका लागि तयारी हुँदै गरेको बताउनु भयो । उहाँले स- सानो रुपमा भए पनि देशका बिभिन्न स्थानमा अक्सिजन सहयोग गर्ने अभियानमा जोडिनु भएका अफ्रिकाका सबै एनआरएनए राष्ट्रिय समिती र एनआरएन मित्रहरूलाई आभार ब्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *