• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

एनआरएनए निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन (पत्रसहित)

Byspainnepal

Sep 12, 2021

नेपाल सरकारले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिबेशन रोक्न लिखित आदेश दिएको छ । सरकारले संघको निर्वाचनमा भएका भनिएका अनियमितताबारे छानविन नहुँदा सम्मकोलागि निर्वाचनको काम रोक्न आदेश दिएको हो ।

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ, अन्तर्राष्टिय समन्वय परिषद्लाई सम्बोधन गर्दै भदौ २५ गते जारी गरेको निर्देशन पत्रमा अन्तर्राष्टिय समन्वय परिषद् तथा राष्टिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बांकी काम रोक्नू भनिएको छ ।

नेपाल सरकारले एनआरएनए आईसीसीका लागि प्रतिनिधि छान्ने क्रममा विभिन्न देशहरुमा धांधली भएको भन्ने उजुरीहरु प्राप्त भएको भन्दै त्यस्ता उजुरीहरु छानविन गर्न मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समितिसमेत गठन गरेको छ । यो समितिले कति समयमा प्रतिवेदन बुझाउने भन्ने कुरा निर्देशन पत्रमा केही उल्लेख गरिएको छैन । तर, यो समितिले प्रतिवेदन नबुझाउन्जेलसम्मलाई आईसीसी र एनसीसीका निर्वाचनसम्बन्धी सबै काम रोक्न भने आदेश जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *