• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

एनआरएनए कोस्टाब्लान्काद्वारा संरक्षक र सल्लाहाकार समिती गठन

Byspainnepal

Dec 2, 2021


गैर आवासीय नेपाली संघ स्पेन, क्षेत्रीय समिती कोस्टाब्लान्काले संरक्षक समिती र सल्लाहकार समिती गठन गरेको छ । संघका क्षेत्रीय अध्यक्ष देवराज सापकोटाको अध्यक्षतामा सोमवार बसेको बैठकले समाजका अग्रज ब्यक्तिहरुलाई समेट्दै संरक्षक समिती र सल्लाहकार समिती गठन गरेको हो । जसअनुसार संरक्षक समितीमा एनआरएनए स्पेनका संस्थापक विरेन्द्र श्रेष्ठ, एनआरएनए कोस्टाब्लान्काका संस्थापक अध्यक्ष सुरेन्द्र भुजेल थापा, एनआरनए स्पेनका पूर्व सदस्य मुकुन्द लामिछाने तथा समाजका अग्रज राजन थापा, रितेस श्रेष्ठ र सुरेश बज्रचार्य रहनुभएको छ । यस्तै सल्लाहाकार समितीमा अहिले ३ जनालाई मनोनित गरिएको र समाजका अग्रजहरुलाई सल्लाकार समितीमा समेट्दै जाने अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । जस अनुसार सल्लाकार समितीमा सुन बहादुर गुरुङ, रुद्र आचार्य र छविलाल श्रेष्ठ रहनुभएको छ । बैठकमा एनआरनए स्पेनकी उपाध्यक्ष सृजना लामिछाने र क्षेत्रीय अध्यक्ष सापकोटाले
संरक्षक र सल्लाहाकारमा मनोनित हुनुभएका सवैलाई खादा लगाएर सम्मान गर्नु भएको थियो । साथै बैठकले आइतवार म्याड्रिडमा हुने फुटवल प्रतियोगितामा सहभागिताको लागि ब्यस्थापन गर्ने जिम्मा यूवा संयोजक ईश्वर बुढाथोकीलाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *