• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

एनआरएनए कोस्टाब्लाङकाको सपथ ग्रहण सम्पन्न, सवै नेपाली समुदायको संस्था बनाउन अध्यक्ष दिनेश गुरुङको आग्रह

Byspainnepal

Mar 8, 2021


गैरआवासीय नेपाली संघ क्षेत्रीय समितीे कोस्टाब्लाङकाको नवगठीत कार्यसमितीका पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ । सोमवार भच्र्युुअल माध्यमबाट भएको बैठकमा एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङले सवै पदाधिकारीलाई सपथ गराउनुभएको हो । यसक्रममा उहाँले यस क्षेत्रीय समितीलाई सवै कोस्टाब्लाङकाबासीको संस्थाको रुपमा अघि बढाउन आग्रह गर्नु भएको छ । उहाँले क्षेत्रीय समितीको तदर्थ समिती गठनका क्रममा देखीएका केही असहमतीका आवाजलाई समेत समेटर आगामी अबिधेशन सम्पन्न गर्न निर्देशन दिनुभयो । उक्त अबसरमा एनआरएनए युरोप उपसंयोजक मुक्त गुरुङले गैरआवासीय नेपाली संघ विदेशमा बस्ने नेपालीको साझा संस्था भएकोले यसको सबैको सम्मान र सहभागिता हुनुपर्ने भन्दै क्षेत्रीय समितीमा सवैलाई समेटेर अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा एनआरएनए स्पेनका पुर्व अध्यक्ष तथा मानार्थ आइसीसी सदस्य एकराज गिरीले अब हुने क्षेत्रीय समितीको अबिधेशन मार्फत यस क्षेत्रका सवै नेपाली समुदायलाई एकतामा बाधेर अगाडी बढ्न आग्रह गर्नुभयो । उक्त अबसरमा एनआरएनए स्पेनका उपाध्यक्ष उत्तर राई, दिनेश गिरी, तुल्सी गुरुङ, महासचिव राज ढकाल, संस्थापक आइसीसी विरेन्द्र श्रेष्ठ, नेपाल स्पेन समाजका अध्यक्ष केशवराज कडेल लगायतले नवगठित क्षेत्रीय समितीको कार्यसमितीलाई शुुभकामना दिनुभएको थियो । उक्त अबसरमा क्षेत्रीय समितीका अध्यक्ष सुरेन्द्र भुजेल थापाले सपथ ग्रहणपछि क्षेत्रीय समितीले औपचारिक रुपमा काम शुरु गरेको भन्दै अब कोस्टाब्लाङकाका सवै नेपाली समुदायलाई एक बनाएर अगाडी बढ्ने बताउनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *