• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

एनआरएनएको ६० वटा एनसीसीको अधिबेशन सम्पन्न

Byspainnepal

Aug 5, 2021

गैरआवासीय नेपाली संघ अन्तगर्तका ६० वटा राष्ट्रिय समन्वय परिषद्को अधिबेशन सम्पन्न भै आगामी कार्यकाल २०२१ /२३ को लागि नयाँ कार्यसमिती चयन भएको छ । एनसीसीहरुको अहिलेसम्म भएको अधिबेशनको बारेमा एनआरएनएका महासचिब हेमराज शर्माको बक्तव्य

गैरआवासीय नेपाली संघ अन्तगर्तका राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन सम्बन्धि संक्षिप्त प्रतिवेदन


विश्वका विभिन्न मुलुकमा स्थापना भएका गैरआवासीय नेपाली संघ अन्तगर्तका राष्ट्रिय समन्वय परिषद्मध्ये ६० वटामा आगामी २०२१–२३ कार्यकालको लागि निर्वाचन सम्पन्न भएको जानकारी गराउँदछु । हाल विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमा गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् छन् । तीमध्ये विभिन्न कारणबस २० वटा राष्ट्रिय समन्वय परिषदहरु लामो समय देखि निष्क्रिय छन् ।
निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्विरोध निर्वाचन भएको छ । ११ वटा राष्ट्रिय समन्वय परिषद्मा अनलाईनमार्फत र ७ वटा राष्ट्रिय समन्वय परिषद्मा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको हो । निर्वाचन सम्पन्न भएका राष्ट्रिय समन्वय परिषद्हरुमा नयाँ कार्य समिति गठन भएका छन् । विभिन्न ४ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्वाचन हुन बाँकी छ ।
राष्ट्रिय समन्वय परिषद् यूएईमा केही आन्तरिक समस्याका कारण निर्वाचनको मिति तय हुन सकेको छैन । त्यसलाई छिटै समाधान गरेर निर्वाचन गराउने विषयमा गृहकार्य भइरहेको छ । यूएई बाहेक राष्ट्रिय समन्वय परिषद् डेनमार्कको निर्वाचन यही ७ अगष्टमा, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलमा ९केही क्षेत्रमा स्थगित० निर्वाचन ८ अगष्टमा र राष्ट्रिय समन्वय परिषद् स्लोभानियाको निर्वाचन १४ अगष्टमा आयोजना गर्ने कार्यतालिका तय गरिएको छ ।
राष्ट्रिय समन्वय परिषद्हरुका निर्वाचन सम्बन्धि विवरण क्षेत्रगत रुपमा निम्नानुसार छन् ।
१। अफ्रिका क्षेत्र
सर्वसम्मत तथा निर्विरोध स् बोत्स्वाना, कंगो, इक्वेटोरियल गिनिया, घाना, केन्या, म्याडागास्कर, नाईजेरिया, सेसेल्स, दक्षिण अफ्रिका, तान्जानिया, युगाण्डा र जाम्बिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरुस् लेसोथो, लिविया, मालावी, दक्षिण सुडान
२। अमेरिकाज् क्षेत्र
सर्वसम्मत तथा निर्विरोध स् मेक्सिको र कोस्टारिका
अनलाइन स् चिली र अमेरिका
भौतिक स् क्यानाडा
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु ब्राजिल
३। एसिया प्रशान्त क्षेत्र
सर्वसम्मत तथा निर्विरोध स् कम्बोडिया, हङकङ, मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, ताईवान, थाईल्याण्ड र भियतनाम ।
अनलाइन स् चीन, जापान र दक्षिण कोरिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु ब्रुनाई, पूर्वी टिमोर, इण्डोनेसिया
४। यूरोप क्षेत्र
सर्वसम्मत तथा निर्विरोध बेलारुस, चेक–रिपब्लिक, फिनल्याण्ड, आयरल्याण्ड, इजरायल, इटाली, लग्जेम्वर्ग, रसिया, टर्की, स्वीडेन र स्वीट्जरल्याण्ड
अनलाइन स् साइप्रस, जर्मनी, स्पेन, नर्वे, फ्रान्स, र यूके
भौतिक स् अष्ट्रिया, बेल्जियम, माल्टा, नेदरल्याण्डस्, पोल्याण्ड र पोर्चुगल
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरुस् बुल्गेरिया, ग्रिस, हंगेरी, रोमानिया, यूक्रेन
५। मध्यपूर्व क्षेत्र
सर्वसम्मत तथा निर्विरोध कुवेत, ओमान र कतार
अनलाइन स् बहराइन र साउदी अरेबिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरुस् इजिप्ट, इराक, जोर्डन, लेबनान, यमन
६। ओसेनिया क्षेत्र
सर्वसम्मत तथा निर्विरोध पपुवा न्यूगिनी र न्यूजिल्याण्ड
अनलाइन अष्ट्रेलिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद् भानुआटु
आगामी २०२१–२३ को कार्यकालको लागि विश्वका विभिन्न मुलुकमा रहेको १ लाख भन्दा बढीले संघको पञ्जिकृत सदस्यता लिइसकेका छन् । आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १० औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समन्वय परिषद्ले यही १५ अगष्टभित्र प्रतिनिधिहरुको नामावली संघको ९विधानमा व्यवस्था भए बमोजिम० पठाउनु पर्नेछ । त्यसका लागि प्रक्रिया सुरु भइसकेको जानकारी प्राप्त भएको छ । प्रतिनिधि चयन संघको विधान अनुरुप गर्नर गराउन यसअघि नै आग्रह गरिएको छ र यस बारे थप जानकारी सहितको सर्कुलेसन छिटै पठाईने छ ।
डा हेम राज शर्मा
महासचिव, गैरआवासीय नेपाली संघ
०४ अगष्ट २०२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *