• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

एनआरएनएको विधान संशोधन प्रस्ताव पारित

Byspainnepal

Jan 23, 2021

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रस्तावित विधान संशोधन प्रस्ताव पारित भएको छ ।

गैरआवासीय नेपाली संघको शनिवार सुरु भएको विशेष महाधिवेशनले विधान संशोधन प्रस्तावलाई सर्वसम्मतले अनुमोदन गरेको हो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको विशेष अधिवेशनमा पूर्वप्रवक्ता भूषण घिमिरे र उपाध्यक्ष मन केसीद्धारा प्रस्तुत विधान संशोधनको साझा प्रस्तावलाई महाधिवेशनमा प्रस्तुत गरेका थिए ।

संशोधन प्रस्ताव माथि ५ घण्टा लामो छलफल पछि अध्यक्ष कुमार पन्तद्धारा संशोधित विधान पारित गरियोस् भन्ने प्रस्तावलाई ध्वनीमतको आधारमा सो प्रस्ताव सर्वसम्मतले पारित भएको होे ।

विधानमा के के संशोधन गरियो ?

१. राष्ट्रिय महाधिवेशन जुलाई महिना भित्र गरि सक्नु पर्ने ।
२ केन्द्रीय प्रतिनिधी १५ अगष्ट सम्म सार्वजनिक गर्नु पर्ने ।
३. एक थप युवा सहित जम्मा ६ जना उपाध्यक्ष रहने ।
४. दुई सहकोषाध्यक्ष थप, एक महिला अनिवार्य ।
५. सदस्यता शुल्क आइसीसीले तोके बमोजिम हुने ।
६. आइसीसीको निर्देशन नमान्ने राष्ट्रिय समिति खारेजीमा पर्ने ।
७. ५ सदस्सीय निर्वाचन अनुगमन समिति बन्ने ।
८. एक महिला सहित ४ जना सचिव हुने ।
९. केन्द्रीय सल्लाहकार ११ जनाबाट बढाएर २१ जना बनाइयो ।
१०. पेशागत र शैक्षिक इकाई बन्ने ।
११. क्षेत्रीय महिला उपसंयोजक थप ।
१२. अनलाइन माध्यमबाट निर्वाचन गर्ने ।
१३. निर्वाचित आइसीसी सदस्य संख्या घटाईयो ।
१४. संघ अध्यक्षले विश्वभरबाट १५ प्रतिनिधि थप्न सक्ने ।
१५. केन्द्रीय प्रतिनिधी चयन ६५ प्रतिशत पुराना र २५ प्रतिशत एनसीसीबाट निर्वाचित, १० प्रतिशत अध्यक्षले मनोनित गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *