• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

एथ्लेटिक बिल्बाओले जित्यो सुपर कप

Byspainnepal

Jan 18, 2021

प्रमुख उपाधि दाबेदार बार्सिलोनामाथि रोमाञ्चक जित निकाल्दै एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको फाइनल खेलमा बिल्बाओले अतिरिक्त समयमा बार्सिलोनामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै उपाधि उचाल्न सफल भयो । बार्सिलोना उपाधि मुखमा पुगेर अन्तिम समय सम्हालिन नसक्दा बिल्बाओले उपाधि उचाल्यो । खेलको ८९औं मिनेटमा पुग्दा बार्सिलोना २–१ ले अघि थियो । ऊ उपाधिको मुखमा पुगेको थियो । तर, ९०औं मिनेटमा दोस्रो गोल खाएर ९० मिनेटको खेल २–२ मा सकिएपछि खेलमा ३० मिनेटको समय थपिएको थियो । जहाँ बिल्बाओले तेस्रो गोल गर्दै बार्सिलोनाको उपाधि सपना खरानी बनाइदियो । यता, बार्सिलोनाका कप्तान लिओनल मेस्सीले थप समयमा विपक्षी खेलाडीलाई कुटेपछि रेफ्रीले उनलाई भिएआरमार्फत् पक्का गरेर सोझै रातो कार्ड दिएर निकालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *