• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

एआरएनए माल्टाको अध्यक्षमा भुवन अर्याल विजयी

Byspainnepal

Jul 31, 2021

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय समिति माल्टाको आगामी( २०२१-२०२३) २ बर्षे कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ। साझा र समाबेशी २ प्यानल गरी भएको निर्वाचनमा साझा प्यानलका भुवन अर्याल कुल ३३८ मत ल्याई अध्यक्षमा निर्वाचित भएका छन् त्यस्तै केन्द्रीय सदस्यमा राजु अर्याल(बाबु) ले कुल ३४६ मत ल्याई निर्वाचित भए ।
अन्य पदहरुमा उपाध्यक्षमा नबिन गिरी,नरेश खनाल,कृष्ण गोपाल पुन
महिला उपाध्यक्ष सबिता भण्डारी,युबा उपाध्यक्ष रोहित गौतम,महासचिव रोशन गिरी,सचिब कुलचन्द्र गौतम,रामु भण्डारी, कोषाध्यक्ष मनोज उपाध्याय, युवा संयोजक रोशन आचार्य, महिला संयोजक बबिता अधिकारी, सदस्यहरुमा ओमलाल पाण्डे,ईशु थापा,जनक श्रेष्ठ,बिकेश घिमिरे,सुनिल रानामगर र रञ्जित गिरी निर्वाचित भएका छन्। सहकोषाध्यक्ष भने यसअघि नै बिजय परियार निर्विरोध चयन भएका थिए। कुल ७५८ जना मतदातामध्ये ६६९ जना को सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *