• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

अस्ट्राजेनेका खोप स्पेनमा पनि रोक

Byspainnepal

Mar 12, 2021


अक्सफोर्डको अस्ट्राजेनेका कोभिड१९ खोपमा रगत जमाउने समस्या आएको भन्दै विभिन्न देशले उक्त खोप अभियान स्थगित गरेकोमा शुक्रबारदेखि स्पेनले पनि उक्त खोप लगाउन रोकेको छ ।

डेनमार्क, नर्वेसहित धेरै देशले खोपको प्रयोग स्थगित गरेपछि स्पेनले पनि खोप वितरण रोकेको हो।

युरोपका करिब ५० लाख नागरिकले पहिले नै अस्ट्राजेनेका खोप लिइसकेका छन्। तीमध्ये लगभग ३० जनामा रगत जम्ने समस्या देखिएको रिपोर्ट आएको जनाइएको छ। यसबारेमा युरोपियन अधिकारीहरुले थप अनुसन्धान गरिरहेकोले तत्काललाई उक्त खोप वितरणमा रोकीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्पेनमा अहिलेसम्म यो खोप लिएकालाई त्यस्तो कुनै समस्या नदेखिएको जनाइएको छ । डेनमार्क, नर्वे, आइसल्याण्डले उक्त खोपलाई पुर्ण रुपमा रोकेका छन भने स्पेन, अष्ट्रिया, लात्भिया, इस्टोनिया, लिथुवानिया, लक्जम्बर्ग, इटाली र रोमानियाले केही लटलाई रोक लगाएको छ । सो खोप लिएपछि इटलीमा एकजना ५० वर्षीय पुरुषलाई डिप भेन थ्रम्बोसिस भएर ज्यान गएको विवरण पनि आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *