• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको नयाँ नेतृत्व चयन

Byspainnepal

Oct 31, 2021


अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको धुलिखेलमा सम्पन्न दोस्रो महाधिवेशनले पुन स्पेन निवासी दीपक खरेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । निर्वाचन संयोजक एवं काभ्रे सेवा समाजका संस्थापक अध्यक्ष प्रह्लाद केसीका अनुसार अध्यक्षसहित कार्यसमितिका सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित हुनु भएको हो । उपाध्यक्षहरुमा दिनेश उप्रेती (बेल्जियम), शम्भु गौतम (यूके), सानु लामा (दक्षिण कोरिया) र सङ्गम भण्डारी (इटाली) रहनु भएको छ । यसैगरी महासचिवमा मोहन बिष्ट(यूएसए), कोषाध्यक्षमा यम श्रेष्ठ(दक्षिण कोरिया) र सचिवमा सिरी सत्याल(दक्षिण कोरिया) रहनु भएको छ ।
यस्तै, मध्यपूर्व क्षेत्रिय संयोजकमा दिलकुमार लामा (युएई), यूरोप क्षेत्रिय संयोजकमा कान्छाराम बुढाथोकी(यूके), अमेरिका क्षेत्रिय संयोजकमा नविन सापकोटा(यूएसए), एशिया प्रशान्त क्षेत्रिय संयोजकमा प्रमोद खतिवडा (अष्ट्रेलिया) र अफ्रिका क्षेत्रिय संयोजकमा चिरञ्जिीवी थापा(सिसेल्स) चयन हुनु भएको छ । कार्य समितिका सदस्यहरुमा विजय बस्नेत(अष्ट्रेलिया), अशोक उप्रेती(इटाली) र उद्धवराज गौतम(बेल्जियम) चयन हुनु भएको छ ।
निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई भौतिक र भर्चुअल रुपमा संस्थापक अध्यक्ष एवं हालका संरक्षक कपिलदेव थापाले पद तथा गोेपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । नवनिर्वाचित समितिले पहिलो सहयोग स्वरुप कार्यक्रमस्थलमै पाँचखाल–१३ स्थित बौद्धिक अपाङ्गता पुनस्र्थापना केन्द्रलाई १५ हजार रुपैंया सहयोग गरेको थियो ।

जिल्लाको सामाजिक–आर्थिक उन्नयनका निम्ति विदेशमा रहेका काभ्रेलीहरुलाई आग्रह

अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको दोस्रो महाधिवेशन तथा कार्य समितिको निर्वाचन ३० अक्टोबर शनिबारका दिन जिल्लाको धुलिखेल भिलेज रिसोर्टमा सम्पन्न भएको छ । सोही अवसरमा काभ्रेपलाञ्चोक जिल्लालाई कर्मथलो बनाउनु भएका काभ्रेलीहरुलाई विभिन्न विधामा सम्मान समेत प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीले भन्नु भयो, ‘विदेशमा रहनु भएका काभ्रेलीहरुले संस्थाको माध्यमबाट गृह जिल्लामा धेरै खालका सहयोगहरु गर्नु भएको रहेछ । विशेष गरी कोभिड–१९ संक्रमण फैलिएको बेलामा जिल्लामा पु¥याउनु भएको सहयोग प्रसंशायोग्य छ । अब जिल्लाको सामाजिक–आर्थिक उन्नयनका निम्ति पनि विदेशमा रहनु भएका काभ्रेलीहरु एकजुट हुनका लागि आह्वान गर्दछु’, उहाँले भन्नु भयो ।
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले महाधिवेशनलाई सम्बोधन गर्दै भन्नुभयो, ‘विगतमा अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजले सामथ्र्य अनुरुप जिल्लाका लागि गरेका सहयोगहरुलाई हामीले भुलेका छैनौं । अब समृद्धिका लागि स्थानीय सरकारसँग साझेदारी गर्ने योजनाहरु ल्याउनुस्, हामी मिलेर काम गर्दै समृद्ध काभ्रेपलाञ्चोक बनाउने अभियानमा छौं’, उहाँले थप्नु भयो ।
चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहालले बनेपा नगरपालिका वडा नं १० र १३ को सीमाना भैंसेपाटीमा डिजिटल फिल्म म्यूजियम तथा छायांकनका लागि अत्याधुनिक स्टुडियो बनाउन बोर्डले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पारेको र बजेटसमेत रहेको जानकारी दिनुभयो । ‘हामीले विदेशमा देखेका हलिवूड, बलिवूडझैं विदेशीहरुले समेत चिन्न सक्ने गरी ‘फिल्मालय’ बनाउन लागेका हौं । चाँडै नै निर्माण कार्य सुरु हुने फिल्मालयमा अत्याधुनिक प्रविधिबाट फिल्महरुको निर्माण सम्भव हुँदैछ । यस्तै, नेपाली फिल्मजगतको हालसम्मको यात्राको डिजिटल म्यूजियमसमेत सोही स्थानमा बनाउँदछौं’, उहाँले जानकारी दिनु भयो ।
नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका विगतका क्रियाकलापहरुबाट आफू प्रभावित भएको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘कोभिड–१९ को संक्रमणले जिल्लालाई आक्रान्त पारिरहेका बखत समाजका पदाधिकारी र सदस्यहरुले विदेशमा जोगाएको रकमले जिल्लालाई अक्सिजन मास्क, ग्लोभ्स, स्यानिटाइजर, थर्मल गन, हाइजिन कीट र अक्सिजन कन्सन्ट्रेटरहरु उपलब्ध गराएर मानवीय सेवामा उदाहरण देखाउनु भएको छ । विपतबाहेकका अन्य गतिविधिहरुजस्तै सामाजिक–आर्थिक क्षेत्रमा पनि विदेशमा रहेका काभ्रेलीहरुले जिल्लालाई मद्दत गर्नु आजको आवश्यकता भइसक्यो । यसतर्फ विचार गर्नका लागि आग्रह गर्दछु’, उहाँले भन्नु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघ, बाग्मती प्रदेशका सदस्य कैलाश पलाञ्चोकेले काभ्रेपलाञ्चोक जिल्लामा वैदेशिक लगानी भित्र्याउने कार्यमा विदेशमा रहेका काभ्रेलीहरु र समाजले पहल गर्न सक्ने भएकाले सहकार्यका लागि काभ्रे उद्योग वाणिज्य संघ र अन्य नगरस्तरी उद्योग वाणिज्य
संघहरु तयार रहेको जानकारी दिनु भयो ।
काभ्रे सेवा समाज नेपालका अध्यक्ष नारायण महत क्षेत्रीले काठमडौंमा रहेका काभ्रेवासीहरुले समाजको गठन गरेको भए पनि सदैव जिल्लाको हितलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्नु भयो ।
अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका संस्थापक अध्यक्ष कपिलदेव थापाले संस्थाको स्थापनाको माध्यमबाट विदेशी मुलुकमा रहेका काभ्रेलीहरुलाई संगठित गर्न सकिएको र जिल्लावासीको दुःख सुखमा सहयोग गर्न सकिएको विचार राख्नु भयो ।
समाजका अध्यक्ष दीपक खरेलले आफू स्पेनका लागि नेपालको पर्यटनदूत रहेका बेलामा मुलुक र जन्मथलो काभ्रेपलाञ्चोक जिल्लाको पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘अझै पनि धेरै देशमा रहेर रोजगार, व्यापार, व्यवसायमा रहनु भएका काभ्रेवासीहरुलाई समेट्न सकिएको छैन । सबै काभ्रेलीहरुको एउटा दरिलो छाता संगठनका रुपमा अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजलाई स्थापित गर्दै लैजाने योजनामा रहेका छौं । यसका लागि ‘काभ्रेलीहरु को कहाँ’ भन्ने डेटावेश तयारीमा जुटेका छौं । यसबाट विदेशमा रहनु भएका सबै काभ्रेलीहरुको दुःख सुखमा साथ दिनुका साथै जिल्लाको समृद्धिका लागि गर्नु पर्ने कार्यहरुमा सहकार्य गर्न मद्दत मिल्नेछ’, उहाँले थप्नु भयो ।
समाजका महासचिव मोहन बिष्टले अघिल्ला वर्षहरुमा विश्वभर नै कोभिड–१९ का कारण योजना मुताविक कार्यक्रमहरुलाई स्थगन गर्दै कोभिड–१९ को प्रतिकार्यमा कार्यक्रमहरु गरिएको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘हामीले जिल्लाका विभिन्न नगरपालिका, गाउँपालिका र स्वास्थ्य केन्द्रहरुलाई तत्कालीन आवश्यकता अनुसारका सामग्रीहरु उपलब्ध गरायौं । आगामी समयमा पनि यस्ता विपद र इमर्जेन्सी परेका बेलामा मद्दत गर्नका लागि एक अक्षय कोष स्थापना गरिसकेका छौं’, उहाँले थप्नु भयो ।
समाजका उपाध्यक्ष सङ्गम भण्डारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सदस्य विजय बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमलाई भौतिक र भर्चुअल रुपमा सञ्चालन गरिएको थियो । कार्यक्रममा काभ्रे सेवा समाजका पदाधिकारीहरु, स्थानीय समाजसेवीहरु, स्थानीय सरकारका प्रतिनिधिहरुलगायत सञ्चारकर्मीहरुको भव्य उपस्थिति रहेको थियो ।

७ काभ्रेलीहरुलाई समाजको सम्मान


अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजले धुलिखेलमा आयोजित दोस्रो महाधिवेशनकै अवसरमा जिल्लामा रहेर विभिन्न बिधामा उल्लेखनीय योगदान गर्नुहुने महानुभावहरुलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीले
उहाँहरुलाई सम्मान गर्नु भएको हो ।
यसरी सम्मानित हुनुहुनेहरुमा साहित्य विधातर्फ प्राज्ञ डा. गीता त्रिपाठी, कला–संस्कृति विधातर्फ चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहाल, सङ्गीत विधातर्फ वरिष्ठ सङ्गीतकार सुरेश अधिकारी, खेलकूद विधातर्फ एनआरएनए स्पोटर््स कोअर्डिनेटर राजन खत्री, स्वास्थ्य विधातर्फ अन्तर्राष्ट्रिय रक्तदाता अर्जुन मैनाली, महिला कृषि उद्यमशीलतातर्फ झ्यम्भल कृषि फर्म लघु उद्यमकी सञ्चालक कमला लामा र समाजसेवातर्फ बौद्धिक अपाङ्गता पुनस्र्थापना केन्द्रकी सचिव सुधा सिलवाल रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *